चीनकाे चार दिने औपचारीक भ्रमण सकेर प्रधानमन्त्री ओली काठमाडौं प्रस्थान

काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गर्नूभएको छ ।

प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको हो । प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते बेएजिङ जानुभएको थियो । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *