प्रधानमन्त्रीको चीन भ्रमण सफल, ऐतिहासिक समझदारीको आरम्भ
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन् । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआइ) सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको भयो ।

भ्रमण टोली चीन पुगेसँगै बेइजिङले प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधिलाई ऐतिहासिक सम्मान दियो । चीनका राष्ट्रपति सी चिनपिङसँग नेपाली प्रधानमन्त्री र भ्रमण प्रतिनिधसँग न्यानो भेटवार्ता गरेका गरेका छन् । बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नुभएको थियो ।

त्यस्तै चीन भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितको भ्रमण टोली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपुलमा न्यानो भेटवार्ता र आत्मीय छलफल भयो । यही क्रममा नेपाल र चीनबीच विभिन्न ९ समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई देशका प्रधानमन्त्रीबीच कनेक्टिभिटी, औधोगिक विकास, पूर्वाधार, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान प्रविधि, खेलकुद, प्रकोप व्यवस्थापन लगायतका क्षेत्रमा छलफल भएको हो ।

त्यसैगरी जनता जनताबीचको सम्बन्ध बढाउने र गरिवी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने विषयमा पनि कुराकानी भएको छ । चीन नेपालबीच भएको समझदारीअनुसार टोखा छहरे सुरुङ मार्ग निर्माणमा चीनले सहयोग गर्ने भएको छ ।
चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदुतावासले आज बेइजिङमा आयोजना गरेको रिसेप्सन समारोहमा आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताउनुभयो ।
उहाँले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीन जस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धि गरी समृद्धिको यात्रामा अगाडि बढिरहेको सन्दर्भमा सन् २०२५ मा धेरै ठुलो संख्यामा चीनका पर्यटन नेपाल ल्याउने गरी तयारी भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालमा प्रमुख दुई दलको सहकार्यमा बनेको वर्तमान सरकारले नेपाललाई आधुनिक र समृद्ध बनाउन हरसम्भव प्रयास पनि उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई उचाइमा लान बल पुगेको बताउनुभयो । चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले दुई देशको पारस्परिक विश्वास र समझदारी वृद्धि गर्न भ्रमण सफल रहेकोे बताउनुभयो ।
यस्ता छन् नेपाल-चीनबीच भएका सहमति र समझदारी
- टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
- नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
- ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
- भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
- विकास योजनासम्बन्धी समझदारीपत्र
- आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
- नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
- स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
- नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप(सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र