नेपालले छिमेकीसँगको कनेक्टीभिटीमा फड्को मार्दैछ, कसरी ?

पछिल्लो समय नेपालले आफ्ना छिमेकीहरुसँग कनेक्टीभिटीमा द्रुत गतिमा फड्को मारिरहेको छ । सोही अन्तर्गत सडक संजालमा दक्षिणतर्फ भारतसँग वीरगंज, बिराटनगर, भैरहवा र कञ्चनपुरमा एकीकृत चेक पोस्ट निर्माण र सञ्चालन भइरहेको छ । 

सडक सञ्जालमै उत्तरतर्फ चीनसँग तातोपानी, रसुवागढी, कोरला, हिल्सा र किमाथाङ्कामा सडक सञ्जाल र ड्राईपोर्टहरु (कतिपय प्रस्तावित)को निर्माण र सञ्चालनको काम अगाडि बढिसकेको छ ।

त्यस्तै अन्तरदेशिय प्रसारण लाइनमा दक्षिणतर्फ भारतसँग ढल्केबर – मुज्जफरपुर र बुटवल – गोरखपुर अन्तर देशीय प्रसारण लाइनको निर्माण र संचालन भइसकेको छ भने उत्तरतर्फ चीनसँग प्रस्तावित रसुवा-केरूङ र किमाथाङ्काको अन्तर्देशीय प्रसारण लाइनको निर्माण सम्पन्नको काम अगाडि बढेको छ । 

 त्यसैगरी काठमाडौँ – रक्सोल रेल्वे र काठमाडौँ – केरुङ रेल्वे निर्माणको प्रस्ताव अगाडि बढिसकेको छ ।

यसका साथै सञ्चालनमा रहेको हवाई यातायातको बिस्तार, भरपर्दो संचारको संजाल निर्माणले विश्वकै धेरै जनसङ्ख्या र उदीयमान अर्थतन्त्रसँग जोडिँदै नेपालले आगामी दशकमा विकासको गतिमा फड्को मार्नका लागि आधार निर्माण गरेको छ । 

यही विषयलाई नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईले आफ्नो सामाजिक संजालमार्फत् जानकारी दिएका छन् । उक्त जानकारी सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ । भट्टराईले बिहीबार बिहान फेसबुक स्ट्याटसमा यस्तो लेखेका छन्:

नेपालले छिमेकी मुलुकसंगको कनेक्टीभिटीमा फड्को मार्दैछ:

१. सडक संन्जाल:

क)  दक्षिणतर्फ भारतसँग बिरगंज, बिराटनगर, भैरहवा र कञ्चनपुरमा Integrated Check Posts निर्माण र सञ्चालन

ख) उत्तरतर्फ चीनसँग तातोपानी, रसुवागढी, कोरला, हिल्सा र किमाथाङ्कामा सडक सञ्जाल र ड्राईपोर्टहरु (कतिपय प्रस्तावित) को निर्माण र सञ्चालन

२. अन्तरदेशीय प्रसारण लाइन:

क) दक्षिणतर्फ भारतसँग ढल्केबर – मुज्जफरपुर र बुटवल – गोरखपुर अन्तर देशीय प्रसारण लाइनको निर्माण र संचालन गरेर

ख) उत्तरतर्फ चीनसँग प्रस्तावित रसुवा-केरूङ र किमाथाङ्काको  अन्तर्देशीय प्रसारण लाइनको निर्माण सम्पन्न गरेर

३. रेल्वे सञ्जाल (प्रस्तावित):

क) काठमाडौँ – रक्सोल रेल्वे निर्माण सम्पन्न गरेर

ख) काठमाडौँ – केरुङ रेल्वे निर्माण र संचालन गरेर

यसका अलावा सञ्चालनमा रहेको हवाई यातायातको बिस्तार, भरपर्दो संचारको संजाल निर्माणले विश्वकै धेरै जनसङ्ख्या र उदीयमान अर्थतन्त्रसँग जोडिदै नेपालले आगामी दशकमा विकासको गतिमा फड्को मार्नका लागि आधार निर्माण गरेको छ । हामी सबैलाई शुभकामना !


Leave a Reply

Your email address will not be published. Required fields are marked *