पत्रकारलाई हर्क साम्पाङले गरे ‘अमर्यादित र तुच्छ’ प्रहार

काठमाडौँ: धरानका मेयर हर्क साम्पाङले पुनः पत्रकारहरुलाई धम्की दिएका छन् । धरानका मेयर हर्क साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्क्याउँदै पत्रकारिता सिध्याइदिने बताएका छन् । साम्पाङले दाहालको नाम लेखेरै खोज पत्रकारिता गर्ने पत्रकार भन्दै इङ्गित गरेका छन् ।

दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)का लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए । त्यो समाचारमा हर्क साम्पाङ नक्कली माओवादी बनेको, तत्कालीन वाईसीएल कार्यकर्ताहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको लगायतका प्रसंग पनि छन् ।

हर्कले लेखेका छन्, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान १८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन !’

फेरि अर्कोपटक पनि हर्क साम्पाङले स्टाटस लेख्दै ‘शीर ठाडो पारेर’ हिँड्न नसक्ने बनाइदिने भन्दै धम्क्याएका छन् ।

यस आघि पनि मेयर साम्पाङले पत्रकार र मिडिया हाउसलाई धम्की दिँदै आएका छन् ।

दाहालले समाचार लेखेकै कारण हर्क साम्पाङले धम्की दिएपछि नेपाल पत्रकार महासंघ लगायतले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *