प्रधानमन्त्री ओलीले गरे दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका– ३, दापगाछीस्थित ‘भ्यु टावर’ नामले चिनिने दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्नुभएको छ।

दमकको मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दुरीमा पर्ने १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । यसअघि दमक भ्यु टावरका नामले चिनिएको उक्त कम्प्लेक्सलाई अहिले दमक व्यापारिक कम्प्लेक्स भन्न थालिएको छ ।

चार बिघा १६ कट्ठा क्षेत्रफलमा फैलिएको कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।

उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी हुनुहुन्थ्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *