रविमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको दाबी गर्नुभएको छ।

२ कात्तिकमा सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेमाथि सत्ताले राजनीतिक प्रतिशोध साँधेको रास्वपाले आरोप लगाउँदै आएको छ ।

आइतबार चितवनमा पत्रकारको जवाफमा लामिछानेमाथि अनुसन्धान कानुन बमाजिम भएको र स्वैच्छाचारी ढंगले नभएको मन्त्री लेखकले दाबी गर्नुभएको हो । ‘अनुसन्धान कानुनभन्दा बाहिर गएर भइराखेको छैन । अदालतबाट प्रहरीले म्याद मागेको छ । अदालतले कानुन बमोजिम म्याद दिएको छ,’ गृहमन्त्री लेखकले भन्नुभयो।

कानुन बमोजिम भएको अनुसन्धान प्रतिशोधपूर्ण नहुने लेखकले जिकिर गर्नुभएको छ । चितवनबाट २० मंसिरमा पोखरा लामिछानेलाई सार्ने क्रममा राज्यले अमानवीय व्यवहार नगरेको दाबी पनि गर्नुभएको छ।

सरकार प्रत्येक व्यक्तिको मानव अधिकारप्रति प्रतिबद्ध रहेको दाबी गर्दै लेखकले भन्नुभयो, ‘प्रत्येक नागरिकको मानवधिकारप्रति सरकार सचेत छ । चाहे थुनवामा रहेको मानिस होस् । चाहे कारागार, हिरासतमा रहेको होस् ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *