भूमाफियाले हडपेको त्रिविको जग्गा फिर्ता ल्याउँदै ओली सरकार

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीले जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउनेसमेत दृढता व्यक्त गर्नुभएको छ । त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले मंगलबार प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो ।

बुधबार प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ- ‘त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ । त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *