सगरमाथा क्षेत्रको सडक उद्घाटनमा प्रधानमन्त्री ओली सहभागि हुने

सोलुखुम्बु : सोलुखुम्बु स्थित लुक्लासम्मको सडक प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन हुने भएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्रलाई जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटक सडक’ २० पुसमा उद्घाटन हुने तयारी गरिएको छ। यस उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीको सहभागिता हुने गाउँपालिकाले जानकारी दिएको छ।

सडक परियोजना अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित सुर्केसम्म गाडी पुर्‍याइएको छ र लुक्लासम्मको प्रमुख सडक मार्गसँग जोडिएको छ। यससँगै लुक्लामा मौसम अवरुद्ध हुँदा पनि सडकमार्गबाट यात्रा गर्न सकिने विकल्प उपलब्ध भएको छ।

सोलुखुम्बु सल्लेरीबाट सुर्केसम्म खोलिएको ट्र्याकले सगरमाथा क्षेत्रको यातायात सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *