सिंहदरबारमा अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ।
एक मन्त्रीका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही र विभिन्न महत्वपूर्ण निर्णयहरूबारे छलफल हुनेछ।
सामान्यतया मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने गर्दछ । तर हिजो सोमबार बैठक नबसेकाले आज मंगलबार बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
यस बैठकमा सरकारका वर्तमान कार्यविधि र अन्य समसामयिक विषयमा निर्णय लिइने अपेक्षा समेत राखिएको छ ।