देशभरि ८,८१५ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फँडानी, सबैभन्दा बढी बागमती प्रदेशमा

काठमाडौँ : प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मुलुकका विभिन्न क्षेत्रमा ८ हजार ८१५ रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती फँडानी गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सबैभन्दा बढी गाँजाखेती बागमती प्रदेशमा नष्ट गरिएको छ । जहाँ दुई हजार ९३७ रोपनी क्षेत्रफलमा गाँजा फँडानी गरिएको छ।

अन्य प्रदेशहरूको विवरण अनुसार:

– कोशी प्रदेशमा १ हजार ८१४ रोपनी,- काठमाडौँ उपत्यकामा १ सय २० रोपनी,
– गण्डकी प्रदेशमा ३ सय ४५ रोपनी,
– लुम्बिनी प्रदेशमा १ सय ६९ रोपनी,
– मधेश प्रदेशमा २ सय ५३ रोपनी,
– कर्णाली प्रदेशमा ५ रोपनी,
– सुदूरपश्चिम प्रदेशमा १ सय ७२ रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती फँडानी गरिएको छ।

प्रवक्ता अधिकारीका अनुसार यस अभियानमार्फत गैरकानूनी गाँजाखेतीको विरुद्ध कडा कदम चालिएको छ ।

यसले समाजमा मादक पदार्थको दुरुपयोग घटाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *