ह्वात्तै बढ्यो चिसो, कस्तो रहला आगामी तीन दिन?
काठमाडौँ: पश्चिमी वायुको सामान्य प्रभावका कारण नेपालमा क्रमश: चिसो बढिरहेको छ । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका केही स्थानहरुमा हुस्सु / कुहिरो लाग्नुका साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनेछ ।
आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको लागेकाले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तो छ आगामि तीन दिनको मौसम विश्लेषण: