सिटिईभिटिई काे गाडि सिन्धुली काे सुनकोसी मा खस्दा तीन जाना बेपत्ता
जेठ१९गते :काठमाडौवाट मध्यपहाडी लोकमार्ग हुँदै खोटाग जादै गरेको सिटीइभिटीई तालिम केन्द्रको गाडी सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालीका वडा नम्वर ७ लौकुन नभघाट घाटमा दुर्घटना हुँदा गाडीमा सभार तिन जना सुनकोशी नदिमा डुवेर वेपत्ता भएका छन् ।
सुनकोशी नदिमा वेपत्ता हुनेहरुमा तनहु जिल्ला भानु नगरपालीका वडा नम्वर ९ स्थायी वासिन्दा सहसचिव कृष्णराज केसी,पुर्वी नवलपरासी जिल्ला प्रगती नगरपालीका वडा नम्वर ७ का यमप्रसाद भुर्तेल र इलाम जिल्ला फुयतया नगरपालीका वडा नम्वर ५ का भानु पौडेल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सिटीइभिटीको स्कार्पियो आफै अनियन्त्रीत भई सडक भन्दा करिव १ सय ५० मिटर लत सुनकोशी नदिमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए । चालक हामफालेर वाच्न सफल भएको प्रहरीले जनाएको छ । उनको खुर्कोटमा उपचार भैरहेको छ । सुनकोशी नदिमा वेपक्ता भएको गाडी र गाडीमा सभार तिन जना अधिकृतहरुको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ । सिटिइभिटीइको वा.७४८७ नम्वरको गाडी सिटीइभिटीइको गाडी चालक कृष्ण चौधरीले चलाएका थिए।