रवि लामिछानेको तर्फबाट कास्की जिल्ला अदालतमा आज थुनछेक बहस हुदै
पोखरा : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आजबाट रवि लामिछानेको थुनछेक मुद्दामा बहस सुरु भएको छ। लामिछानेका तर्फबाट कानून व्यवसायीहरूले आजदेखि अदालतमा थुनछेक बहस प्रस्तुत गर्दैछन्।
जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेसँग सम्बन्धित थुनछेक बहस हुने जानकारी प्राप्त भएको छ। यसअघि सोही प्रकरणमा पूर्वडीआईजी छविराज जोशी र लीला पछाईको तर्फबाट पनि थुनछेक बहस सम्पन्न भइसकेको छ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ, गण्डकी प्रदेशका पूर्वसांसद मीना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस भने अझै बाँकी छ।
लामिछानेको तर्फबाट कास्की अदालतमा थुनछेक बहसमा सहभागी रहेका कानून व्यवसायी यज्ञमणि न्यौपानेले इजलासमा सहकारी पीडितहरूको बचत रकम फिर्ता नपाउने सम्भावना बारे कुरा उठाएको बताएका छन्। उनले भने,”सहकारी पीडितहरूको बचत रकम फिर्ता नपाउने स्थिति उत्पन्न भइरहेको छ र यसबारे इजलासमा छलफल भइरहेको छ।”