एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी, केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्दै

काठमाडौं : सत्तारूढ नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक काठमाडौंको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ।

बैठकको पहिलो दिन आइतबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरूले यी प्रतिवेदनमाथि आफ्नो धारणा राख्दैछन्। प्रत्येक सदस्यलाई ३ मिनेट समय दिइएको छ । आइतबारको बैठकमा २७ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा व्यक्त गरेका थिए।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज बाँकी रहेका केन्द्रीय सदस्यहरूले पनि प्रतिवेदनमाथि आफ्नो विचार राख्नेछन्।

उहाले भन्नुभयो, “सबै सदस्यहरूको राय र धारणा लिसकेपछि निष्कर्ष प्रस्तुत गरिनेछ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *