विपि राजमार्ग मा इलेक्टिक गाडि दुर्घटना हुदा ९घाइते

पुस ८गते :आइतबार विपी राजमार्ग अन्तर्गत काभ्रेको पनौती नगरपालिका–५, सुन्दरबस्तीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौँ जाँदै गरेको वाग्मती प्रदेश ०४–००१ ज ००११ नं. को ईलेक्टिक गाडी आइतबार साँझ ६ बजेतिर पनौती–५ सुन्दर बस्तीस्थित बीपी राजमार्ग सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसा दुर्घटनामा ३ महिला र ६ जना पुरुष घाइते भएका छन् । घाइतेहरुलाई धुलिखेल अस्पताल लगिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *