सिन्धुली काे ढुग्रेबास मा अटो दुर्घटना हुदा तीन घाइते
माघ १८गते :सिन्धुलीमा अटो दुर्घटना हुँदा तिन जनाको घाईते भएका छन । चियावारीबाट सिन्धुली बजार तर्फ आउदै गरेको ना १ ह ५०६९ नम्बरको अटो कमलामाई नगरपालिका वडा नं.४ ढुंग्रेवासमा बुधवार राती ८ बजे आफै अनियन्त्रित भई सडकमै पल्टि दुर्घटना हुदा तिनजना घाईते भएको बगमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइते हुनेमा अटो चालक कमलामाई नगरपालिका ७ तल्लो रामपुर बस्ने वर्ष ४० को अर्जुन कार्कीको दायाँ खुट्टा र शरिरको भित्री भागमा चोट अवस्था मध्यम र सोही अटोमा सवार ऐ.ऐ बस्ने वर्ष ३८ कि लक्ष्मी कार्की (चालकको श्रीमति)गाला र खुट्टमा चोट सामान्य,र जिल्ला महोतरी गौशला नगरपालिका वडा नं ३ बस्ने वर्ष१५ कि नम्रता पौडेलको बायाँ खुट्टा र टाउकोमा चोट सामान्य रहेको र तिनै जना घाईतेको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भई रहेको,प्रहरीले जनाएको छ ।